काठमाडौं- बिहारको समस्तीपुर जिल्लामा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० जना भन्दा बढी घाइते भएका छन् ।
Advertisement
४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको र अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतका विभिन्न अनलाइनहरुले लेखेका समाचार अनुसार दुर्घटनामा ३ दर्जन यात्री घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।
घाइतेहरु नेपालको बारा जिल्ला निवासी हुन् । उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ ।