भक्तपुर- मध्यपुरथिमि नगरपालिका क्षेत्रमा परम्परागत बाजा र देवीदेवताको नाच प्रदर्शन भइरहेको छ । गाईजात्राको भोलीपल्ट द्वितीयादेखि पच्चमी अर्थात आज रातिसम्म तीन दिन र चार रात टोलटोलमा विभिन्न देवी देवताका मुकुण्डो धारण गरेको हातमा विभिन्न देवी देवताले बोक्ने हतियार बोकेर नील बाराही, भैरव र महाकाली विभिन्न देवी देवताका प्रतीक देवगणका नाचिरहेका छन् ।
सदियौँदेखि चल्दै आएको यी जात्रा एवं नाचहरु कहिले र कसको पालादेखि सञ्चालनमा आयो भन्ने यकिन तथ्य नभेटिए पनि पुर्खौदेखि तान्त्रिक शक्ति र दस्तावेजका आधारमा मन्त्र एवं तचन्त्रको आधामार दैवी शक्तिलाईै ऊर्जावान बनाइ नाचिदै आएको छ ।
मध्यपुरथिमिमा नाचिन नील बाराही नाच देशमा जस्तोसुकै सङ्कट आउँदा पनि नरोकिएको र पुस्तौँदेखि पुस्तान्तरण हँुदै चल्दै आएको भए पनि भैरव तथा महाकाली नाचभने धेरै वर्ष रोकिदै पुन चतल्दै आएका छन् । यद्यपि केही वर्षयता भने यी नाचले पनि निरन्तरता भने पाइरहेका छन् ।
परापूर्वकालमा भूत, प्रेत, पिचासलगायतका राक्षसी शक्तिले यहाँका बासिन्दालाई दैनिक दुःख दिने, मार्ने, खाने गरेपछि दैवी शक्रिलाई उजागर गरेर तान्त्रिकले तन्त्र विद्याद्धारा मध्यपुरथिमि भित्रका तीन देश अर्थात, बोडे, नगदेश र थिमिमा यी नाचहरु नचाउन थालेपछि भूत, प्रेत, पिसाचहरु आउन छाडेको र यहाँका बासिन्दा सुरक्षित रहेको किम्बदन्ती रहदै आएको छ । दैवी शक्तिको आधारमा नाचिनै आएका यी नाचहरु बोडे देशमा नील बाराही, नगदेशमा महाकाली र थिमिमा भैल अर्थात भैरब नाच प्रर्दशन गरिने गरिन्छ ।
ठूलो शक्ति पीठको रुपमा मानिने मध्यपुरथिमिको बोडेको प्रसिद्ध नीलबाराही मन्दिरलाई आधार मान्दै अनवरतत रुपमा युगौदेखि चल्दै आएको नीलबाराही नाचले रात बिहान केही नभनी बोडेबासीलाई जगाइ रहेको छ ।