सोलिङ्गेन- पश्चिमी जर्मनीको सोलिङ्गेन सहरमा चक्कु प्रहार हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् ।
Advertisement
शुक्रबार साँझ सहरको केन्द्रमा एक उत्सवको समयमा आक्रमण भएको थियो। आक्रमणकारी अझै फरार रहेको बताइएको छ ।
बिल्ड वेबसाइटका अनुसार एक व्यक्तिले अन्धाधुन्ध रूपमा छुरा प्रहार गरेका थिए। आक्रमणकारीको व्यापक रूपमा खोजी भइरहेको छ । प्रहरीको हेलिकप्टरहरू सहर माथि घुमिरहेको देखिएको छ।
बिल्डका अनुसार प्रहरीले छुरा प्रहार गर्ने सन्दिग्धको खोजीमा ४० वटा सवारी साधन परिचालन गरेको छ