• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राशिफल : वृष- विजय प्राप्ति, सिंह- पराक्रम बढ्ने


शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित

मेष- टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ। केही चुनौती देखिनेछन्। अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला। हाँसखेल र मनोरञ्‍जनपूर्ण समय छ। पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्‍न पाउनु हुनेछ। सानातिना काम र घरेलु समस्यामै आजको समय व्यतीत भए पनि त्यसबाट राम्रो लाभ हुनेछ।

Advertisement

वृष- सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा फाइदै हुनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला। आर्थिक पक्ष सुदृढ बन्‍नेछ। न्यायिक, कानूनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ। मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ। यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ।

मिथुन- पति-पत्‍नीमा अविश्‍वास बढ्ने योग छ। व्यावसायिक यात्राको सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। पारिवारिक सहयोग प्राप्त हुनेछ। मनोरञ्‍जनपूर्ण समय छ।

कर्कट- परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीयता बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। कल्पना र भावनामा केन्द्रित भइने छ। बोलीको विपरीत अर्थ लाग्‍न सक्छ, मुखलाई नियन्त्रणमा राख्‍नुहोला। नचिताएको स्थानबाट धनागमनको संकेत छ। शरीर फूर्तिलो भएको महशुस हुनेछ।

सिंह- गरिआएका काम र व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा केही खर्च बढ्नेछ। पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन। शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। पराक्रम र उत्साह बढ्नेछ।

कन्या- मौकाको फाइदा लिन सकिनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा-मामिलामा विजयी भइएला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। चुनौतीका बावजुद नसोचेको काम बन्‍न सक्छ। धैर्यले काम लिने समय छ।

तुला- बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्‍ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रशन्‍नता दिलाउनेछन्। नयाँ ज्ञान प्राप्त हुने योग छ। ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्‍न सक्छ। आर्थिक लाभ प्राप्त होला। सहयोगीहरूले साथ दिनेछन्।

वृश्‍चिक- बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ। केही विवादमा परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला। परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। कसैसँग सामान्य झगडा पनि हुन सक्छ। सवारी साधन हाँक्दा अपनाएको सचेतनाका कारण चोटपटकबाट जोगिनु हुनेछ।

धनु- महत्त्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि-चौपायाबाट लाभ मिल्नेछ। कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ।

मकर- दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्‍न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। आफूभन्दा वरिष्‍ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ।

कुम्भ- पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ। हाकिम, मातापिता वा विशिष्‍ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन्। चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ।

मीन- स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। आर्थिक पक्ष सबल छ। स्वास्थ्यमा समस्या देखा पर्ने देखिन्छ। परिवारमा पाहुनाको चाप बढ्न सक्छ। र, तिनको आवागमनमा महत्त्वपूर्ण समयको नाश हुने सम्भावना छ।

शनिबार, भदौ ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.