काठमाडौं- भक्तपुर, मध्यपुरठिमी नगरपालिका–७ धुन्चेपाखास्थित दुलहती पराजुलीको शिवदुती डेरीमा ग्यास लिक भई शुक्रबार बिहान आगलागी हुँदा करिब ३ लाख ५४ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
Advertisement
सिन्धुली, दुधौली नगरपालिका–९ खिरियानीस्थित पार्किङ गरी राखेको तनहुँ ब्यास नगरपालिका–८ बस्ने ३० वर्षीय सन्तोष अधिकारीको म.प्र ०२–००७ प ६७७३ नम्बरको मोटरसाइकल र सुर्खेत विरेन्द्रनगर नगरपालिका–१२ बस्ने ३२ वर्षीय महोमत युनुसको म.२ प ५९७ नम्बरको स्कुटरमा गएराति आगलागी भएको छ । आगलागीबाट मोटरसाइकल पूर्णरूपमा र स्कुटरमा आंशिक रूपमा जलेर क्षति भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।