काठमाडौं- एक भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खसेको छ।
Advertisement
तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा उक्त बस नदीमा खसेको हो। उक्त बस पोखराबाट काठमाडौं जाँदै थियो। प्रहरीका अनुसार बसमा ४० जना यात्रु थिए।
अहिले घटनास्थलमा यात्रीको उद्धार भइरहेको प्रहरीले जनाएको छ। घटनामा भएको क्षतिको विवरण आउन बाँकी छ। उद्धार गरिएका घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।