काठमाडौं- नियमित चलिरहेको नेपाल प्रहरीको ३० वर्षे सेवा हदलाई तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।
Advertisement
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ईश्वर श्रेष्ठसहित २१ जना प्रहरी अधिकृतले दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि ३० वर्षे सेवा हदलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
यसले आगामी भदौ १६ गते अनिवार्य अवकाशमा जाँदै गरेका निवेदकहरु २१ जनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १०८ अधिकृतहरुलाई तत्काललाई राहत दिएको छ ।
उनीहरु यस मुद्दाको अन्तिम फैसला नहुँदासम्म नेपाल प्रहरीको सेवामा रहने छन् ।