काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास कायम छँदा आज सबै प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ।
Advertisement
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, सबै प्रदेशका थोरै स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ।
आज राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, कोशी, मधेश, वागमती, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ।