कैलाली- कैलालीमा ९० हजार चौपायालाई खोरेतविरुद्धको खोप लगाइएको छ । साउन २३ देखि ३१ गतेसम्म खोप साप्ताहिकमा जिल्लाका ९० हजार चौपायालाई खोप लगाइएको हो ।
Advertisement
भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनगढीका प्रमुख डाक्टर हेमराज अवस्थीले खोप सप्ताहमा सबैभन्दा बढी कैलारी गाउँपालिकामा १६ हजार चौपायालाई खोप लगाइएको छ । त्यस्तै, गोदावरीमा १३ हजार ४५० चौपायालाई खोप लगाइएको छ भने गौरीगंगा र घोडाघोडी नगरपालिकामा समान १० हजार ६५०, धनगढीमा ९ हजार १७० चौपायालाई खोप लगाइएको छ ।
त्यसैगरी लम्कीचुहामा ८ हजार ७५०, टिकापुर र जानकीमा समान ७ हजार ५ सय, जोशीपुरमा ५ हजार, भजनीमा ७९८ र वर्दगोरियामा ५ सय चौपायालाई खोप लगाइएको छ भने चुरे र मोहन्याल गाउँपालिकामा खोपको विवरण उपलब्ध नभएको उनले बताए ।