भक्तपुर– भक्तपुरकाे गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार यात्रुको मृत्यु भएको छ ।
Advertisement
ट्रकले स्कुटरलाई ठक्कर दिएपछि करिब १०० मिटरसम्म सोहोरेर लगेको थियो । सोहोरेर लगेपछि स्कुटरमा सवार महिला यात्रुको शरीर क्षतविक्षत भएको छ ।
ज्यान गुमाएका व्यक्तिको अहिलेसम्म पहिचान खुलिसकेको छैन । घटनास्थलमा ज्यान गुमाएका व्यक्तिको झोला भेटिएको छ । त्यसमा किताब कपीहरू भेटिएका छन् ।
ज्यान गुमाउनेमा स्कुटरमा सवार विद्यार्थी रहेको बताइएको छ । अहिले भक्तपुर काठमाडौं सडक ठप्प भएको छ ।