कैलाली- सुदूरपश्चिममा एक गाउँपालिकाका उपाध्यक्षसहित चार वडाध्यक्षको पद रिक्त रहेको छन् ।
Advertisement
निर्वाचन आयोगका अनुसार बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकामा उपाध्यक्षको पद रिक्त छ। बझाङको सुर्मा गाउँपालिका–४, डोटीको पूर्वीचौकी गाउँपालिका–६, दार्चुलाको दुँहु गाउँपालिका–५ र कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको पद रिक्त रहेका छ।
निर्वाचन आयोगले मङ्गलवार विज्ञप्ति जारी गर्दै २०७९ वैशाख ३० गतेको निर्वाचनमा निर्वाचित भएका पाँचवटा पद रिक्त रहेको जनाएको छ। निर्वाचन आयोगले आगामी मङ्सिर तेस्रो साता स्थानीय तहमा रिक्त जनप्रतिनिधिको निर्वाचन गर्ने गरी आन्तरिक गृहकार्य अगाडि बढाएको छ ।