काठमाडौं– आज १४ अगस्ट। विश्व इतिहासमा आजकै दिन यस्ता घटना भए, जसले आजको दिनलाई देश, क्षेत्र र स्थान विशेषमा स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही प्रमुख घटनाको सारसंक्षेप।
-१९४७- पाकिस्तान ब्रिटिस शासनबाट स्वतन्त्र
ब्रिटिस भारत साम्राज्यको हिस्सा रहेको दक्षिण एसियाली देश १४ अगस्ट १९४७ मा भारत र पाकिस्तानमा विभाजित भयो। लियाकत अली खान नयाँ देश पाकिस्तानको पहिलो प्रधानमन्त्री नियुक्त भए।
-२००७- इराकमा इतिहासकै दोस्रो ठूलो आतंककारी हमला
सन् २००७ मा आजकै दिन इराकमा याजिदी समुदायहरूमा ‘समन्वित बम विष्फोटहरूले’ कम्तिमा ५०० जनाको ज्यान लिएको थियो, जुन इतिहासकै दोस्रो घातक आतंककारी हमला हो।
-२०१३- इजिप्टमा झडप, ६३८ को मृत्यु
सन् २०१३ मा आजकै दिन इजिप्टमा प्रहरी र प्रदर्शनकारीहरू बीचको हिंसात्मक झडपमा ६३८ जनाको मृत्यु भएको थियो।
-२०१७- हैजाले यमनमा २ हजारको मृत्यु
विश्व स्वास्थ्य संगठनका अनुसार यमनमा सन् २०१७ मा आजको दिनसम्म हैजाले २ हजारभन्दा बढीको मृत्यु भएको थियो भने ५ लाखभन्दा बढी संक्रमित भएका थिए।
-२०१७- सियरा लियोनमा बाढी, ५ सयको मृत्यु
सन् २०१७ मा आजकै दिन सियरा लियोनको फ्रिटाउनमा बाढी-पहिरोमा परी ५ सयभन्दा बढीको मृत्यु भएको थियो भने ६ सयभन्दा बढी बेपत्ता भएका थिए।
-२०१८- ३ सय पुजारीद्वारा हजार बालबालिकालाई दुर्व्यवहार पुष्टि
सन् २०१८ मा पेन्सिलभेनिया ग्रान्ड जूरीले ३०० ‘शिकारी पुजारीहरू’ले १ हजारभन्दा बढी बालबालिकालाई ३० वर्षभन्दा बढी दुर्व्यवहार गरेको ठहर गरेको थियो। जसको क्याथोलिक लिडरहरूले ढाकछोप गरेका थिए। जुन कुरा २ वर्षको अनुसन्धानपछि बाहिरिएको थियो।
-२०१९- वर्षामा प्लास्टिक भेटियो
सन् २०१९ मा ‘प्लास्टिक वर्षा भइरहेको छ’ सर्वेक्षण प्रकाशित भएको थियो। अमेरिकी आन्तरिक विभाग र भूगर्भ सर्वेक्षणद्वारा कोलोराडोमा लिइएको ९० प्रतिशत वर्षाका नमूनाहरूमा प्लास्टिक भेटिएको थियो।