कैलाली- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले जारी गर्नुभएको सुदूरपश्चिम प्रदेश सामयिक कर सङ्कलनसम्बन्धी अध्यादेश २०८१ प्रदेश सभामा टेबुल गरिएको छ।
Advertisement
आजबाट सुरु भएको पाँचौ अधिवेशनको पहिलो बैठकमा आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले अध्यादेश टेबुल गरिएको हो।
चालु आर्थिक वर्षमा राजस्व सङ्कलनका लागि अध्यादेशबाहेक अर्को विकल्प नरहेको कारण प्रदेश सरकारले यो अध्यादेश ल्याएको उनको भनाइ थियो। प्रदेश सभाको अर्को बैठक साउन २९ गते दिउँसो ३ बजे बोलाइएको छ।