काठमाडौं- ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर २ का ८१ वर्षीय रामप्रसाद पौड्याल ५८ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
Advertisement
उनले एक महिनाभित्र फिर्ता दिन्छु भन्दै लोकेन्द्र नारायण श्रेष्ठको ५८ लाख २१ हजार रुपैयाँ सापटी लगेका थिए । श्रेष्ठको जाहेरीले उनलाई बैंकिङ कसुरको मुद्दामा उनलाई बिगो बराबरको ५८ लाख २१ हजार जरिवाना र ७ दिन कैदको सजाय सुनाइएको थियो ।
पटक/पटक रकम फिर्ताका लागि मागेपछि उनले सनराइज बैंकको खाताबाट दुई वटा चेकमार्फत ५८ लाख २१ हजार रकम उल्लेख गरेर दिएका थिए । उक्त चेक बाउन्स भएपछि उनले कानुन प्रक्रिया अघि बढाएका थिए।
झम्सी खेलबाट पक्राउ परेका ८१ वर्षीय वृद्ध पौड्यालाई फैसला कार्यान्वयनका लागि ललितपुरको नख्खु कारागार पठाइएको छ ।