काठमाडौँ । भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा नेपाल र भारतका प्रतिनिधिबीच द्विपक्षीय बैठक भएको छ ।
Advertisement
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको ‘वान अन वान’ भेटवार्ता सकिएसँगै दुई देशका प्रतिनिधिबीच भेटवार्ता भएको हो ।
बैठकमा नेपालको नेतृत्व प्रधानमन्त्री देउवा र भारतको नेतृत्व भारतीय प्रधानमन्त्री मोदीले गरेका थिए ।