सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा स्कुल बस दुर्घटनाभएको छ । डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस दुर्घटना भएको हो ।
Advertisement
प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार मध्ये केही विद्यार्थी घाइते भएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८, इत्राम खोलामा बस चिप्लिएर पल्टिएको हो । बस स्कुल बिदा भए घर फर्किँदै थियो।