नेपालगन्ज- काठमाडौंबाट बैतडीका लागि उडेको अन्नपुर्ण एयरको नाइन एन एएनयु हेलिकप्टर बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ भम्कामा आकस्मिक अवतरण गरिएको छ ।
Advertisement
नेपालगन्जमा तेल भरेर बैतडी जान काठमाडौंबाट उडेको सो हेलिकोप्टर नेपालगन्ज नपुग्दै मौसम खराब भएको कारण अपरान्ह ४ बजेर ४० मिनेटमा राप्ती सोनारी भम्कामा खेतमा आकस्मिक अवतरण गरेको सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण हेडक्वाटरका एसपी बिमल डाँगीले जानकारी दिए ।
उनले हेलिकप्टरमा सवार भारतीय नागरिक र पाइलटसहित हेलिकप्टर पनि सुरक्षित रहेको जनाउँदै त्यहाँबाट हेलिकप्टरलाई राप्तीसोनारीकै कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिएको बताए ।