काठमाडौं- नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।
Advertisement
नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो ।
घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरुले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन् । प्रहरीका अनुसार, ज्यान गुमाउनेमध्ये वीबाहेक अरु सबै चिनियाँ नागरिक हुन् ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।