बैतडी- बैतडीमा महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्।
Advertisement
पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका १ भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायत रहेका छन्। उनलाई महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रहरीले पक्राउ गरेको हो। स्थानीय ४० बर्षीया महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।
पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।