कैलाली- सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सरकारमा सहभागी हुने भएको छ ।
Advertisement
नाउपाले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको नाउपा संसदीय दलका नेता घनश्याम चौधरीले बताएका छन् ।
सुदूरपश्चिममा आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेसका कमलबहादुर शाहले आज दिउँसो साढे ३ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ ग्रहणसँगै शाहले मन्त्रिपरिषद् समेत सोमबार नै विस्तार गर्ने तयारी गरेका छन् ।
लक्ष्मणकिशोरले भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्नेछन् ।