मोरङ- उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने २१ वर्षीय कुशल दाहालको हत्या गरेको अभियोगमा सोही नगरपालिका-५ बस्ने सुभास तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
सुभासले मंगलबार साँझ आफ्नै कोठामा लाठी, खुकुरी, चुप्पीले प्रहार गर्दा गम्भीर घाइते भएका कुशलको झापा विर्तामोडस्थित बिएण्डसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै वारदात पश्चात फरार रहेका सुभासलाई अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले सुन्दर हरैंचा नगरपालिका-४ बलियाबाट पक्राउ गरेको हो ।