कैलाली- सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले संसदमा बिश्वासको मत नै नमागेर बिदा भए । उनले आज बसेको बैठकमा बोल्दै बिश्वासको मत माग्ने बाताबरण नै नभएकोले राजीनामा दिएका छन् ।
Advertisement
एमालेका ११, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका २, समाजवादीका ४ र स्वतन्त्र १ गरी २८ जनाको समर्थनमा मुख्यमन्त्री भएका सोडारी केन्द्रमा भएको एमाले र कांग्रेसको समीकरण पछि अल्पमतमा परेका थिए ।
असार २० गते अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले बुधबार सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउदै शुक्रवार विश्वासको मत लिने जानकारी गराएका थिए ।