काठमाडौं- मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसबाट दुई र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ल पुर्णता पाएको हो ।
Advertisement
कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरी राज्यमन्त्री नियुक्त भएका हुन् । अरुणलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, रुपालाई वन तथा वातावरण र पूर्णबहादुरलाई ऊर्जा जलश्रोत तथा सिँचाइ राज्यमन्त्री बनाइएको छ ।