काठमाडौं- १३ वर्षीया बालिकालाई ३ जनाले बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् ।
Advertisement
पक्राउ पर्नेहरुमा रुकुम पश्चिम जनाचौरजहारी नगरपालिका वडा नम्बर १ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् ।
उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका(१ चौरजहारी बजारस्थित होटलमा बलात्कार गरेको आरोप लागेको छ ।
उनीहरु तीनै जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो ।