कैलाली- धनगढी विमानस्थलबाट एयर होस्टेजमाथि दुर्व्यहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । श्री एयरलाइन्सको उडानका क्रममा एयर होस्टेजमाथि दुर्व्यहार गरेको आरोपमा गोदावरी नगरपालिका(१ का शिवराज ओझा पक्राउ परेका हुन् ।
Advertisement
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले मंगलबार साँझ ४ बजे काठमाडौंबाट धनगढी उडानका क्रममा एयरलाइन्सका कर्मचारीमाथि अभद्र व्यवहार गरेको गुनासोका आधारमा ओझालाई पक्राउ गरिएको जानकारी दिए ।