काठमाडौं- मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास टिकिरहँदा आज ६ वटा प्रदेशमा मुसलधारे वर्षाको सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
Advertisement
विभागका अनुसार आज दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही तथा मधेश, वागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, कर्णाली र सुदूरपश्चिमका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, कोशी, वागमती, गण्डकी र लुम्बिनीका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।