काठमाडौँ । आइतबारदेखि नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन हुने भएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट भर्चुअल माध्यममार्फत रेलको उद्घाटन गरेपछि रेल सञ्चालनमा
आउने भएको हो ।
Advertisement
भारतीय सरकारको आर्थिक र प्राविधिक सहयोगमा रेल सञ्चालनमा आउनेन भएको हो । उक्त रेलमार्गका लागि भारत सरकारको ८.७७ अर्ब रुपैयाँ अनुदान दिने प्रतिबद्धता जनाएको छ ।
रेल सञ्चालनमा आएपछि सामान्य डिब्बामा यात्रा गर्नेले ९० रुपैयाँ बराबरको टिकट लिनु पर्ने हुन्छ । एसीसहितको डिब्बामा भने सामान्यभन्दा पाँच गुणा बढी शुल्क तोकिएको छ ।