पोखरा- आज बिहान पोखरा- २१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बसबस दुर्घटनामा परी आमाछोराले ज्यान गुमाएका छन् ।
Advertisement
मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक रहेका कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिएका छन् ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गुमाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।
बस सडकबाट करिब ५० मिटर तल खसेको छ । घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।