काठमाडौं- कास्की पोखरा महानगरपालिका-१३ दुई कुलाको मुहानस्थित ड्याममा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
चितवन भरतपुर महानगरपालिका-६ देवनगरस्थित खगेरी सिंचाइ नहरमा रत्ननगर नगरपालिका-९ खगेरी सिंचाइको पोखरी फर्ममा काम गरी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका-९ जिलीङ घर भएकी ३३ वर्षीया बविता भट्ट मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी चितवन भरतपुर महानगरपालिका-१६ भगेरी थानस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी कोशी गाउँपालिका-४ जुद्दगंजस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
झापा अर्जुनधारा नगरपालिका-१ सिस्नेस्थित धान खेतमा सोही नगरपालिका-१ स्थित भिनाजुको घरमा बस्ने इलाम माई नगरपालिका-३ घर भएका ४५ वर्षीय टिका बहादुर लावती बुधबार मृत अवस्थामा फेला परेका छन् ।
बर्दिया गुलरिया नगरपालिका-१ गाउँ नम्बर १४ बस्ने ३१ वर्षीया रन्जिता थारू आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
सुर्खेत बिरेन्द्रनगर नगरपालिका-१५ बुबैराखे बस्ने ३६ वर्षीय नरसिंह बिसी आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर बागमती गाउँपालिका-५ बगेरीस्थित बागमती खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।