काठमाडौं- काठमाडौंमा लागुऔषध सेवन गरेर कार चलाउँदा दुर्घटना भएपछि प्रहरीले चालकलाई पक्राउ गरेको छ।
Advertisement
गएराति काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित कालिमाटीदेखि कुलेश्वरतर्फ जाँदै गरेको कार दुर्घटना भएको थियो।
कारले पैदल हिँड्दै गरेका तीन जनालाई ठक्कर दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार बल्खु बस्ने ४८ वर्षीय भुपेन्द्र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
बा च ५९१६ नम्बरको कारबाट प्रहरीले नाइट्राभेट १० लेखिएको एक पत्ता फेला पारेको हो।