रौतहट- एक पुरुषको शव फेला परेको छ । रौतहट जिललाको गरुडा नगरपालिका वडा नम्बर ५ झाँझखोलामा करिब ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।
Advertisement
सशस्त्र प्रहरीको सुरक्षा बेस दुधियाभार र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले उक्त शवलाई खोलाबाट बाहिर निकालेको छ । स्थानीयले खोलामा शव तैरिरहेको अवश्थामा देखेपछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।
मृतकको पहिचान भने हुन सकेको छैन ।