उदयपुर- ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-८ हाडे डाँडा टोल बस्ने ५० वर्षीय कर्म सिंह गोलेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । गोलेले ती महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
Advertisement
तनहुँ ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भिमाद नगरपालिका-६ शान्तनगर माझटार बस्ने ३५ वर्षीय पिताम्वर नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालीले ती महिलालाई आफ्नै घरमा लगि डर धम्की देखाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।