काठमाडौं- कुखुराको मासुको भाउ घटेको छ । आजबाट लागु हुने गरी प्रतिकिलो १५ रूपैयाँले मासुको भाउ घटाइएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जनाएको छ ।
Advertisement
कुखुराको मासुको मूल्य संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोकिँदै आएको छ। अहिले घरायसीसँगै व्यावसायिक खपत घटेकाले मासुको मूल्य घटाइएको संघका उपाध्यक्ष श्रीय ढकालले जानकारी दिए।
मूल्य घटेसँगै ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ५० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो दुई सय ६० देखि ६५ रुपियाँ छ।यसअघि ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो दुई सय ७५ रुपियाँ थियो।