Advertisement
भारतमा एक सातामा पेट्रोल, डिजेलको मूल्य सातैपटक बढेको छ। पेट्रोल प्रतिलिटर ८० पैसा र डिजेल प्रतिलिटिर ७० पैसा बढेको छ।
एक सातामा सातैपटक बढेर पेट्रोल, डिजेलको मूल्य प्रतिलिटर चार रुपैयाँ ८० पैसा महँगो भइसकेका छन्। दिल्लीमा पेट्रोल ९९ रुपैयाँ ४१ पैसाबाट बढेर एक सय रुपैयाँ २१ पैसा भएको छ।
यस्तै, डिजेल ९० रुपैयाँ ७७ पैसाबाट ९१ रुपैयाँ ४७ पैसा प्रतिलिटर कायम भएको छ। मुम्बईमा पेट्रोल र डिजेलको मूल्य क्रमशः ८५ पैसा र ७५ पैसा बढेको छ। अब पेट्रोल ११५ रुपैयाँ चार पैसार डिजेल ९९ रुपैयाँ २५ पैसा प्रतिलिटर पुगेको छ।
भारतका हरेक राज्यमा इन्धनको मूल्यमा सामान्य अन्तर हुन्छ। त्यसमा केन्द्र र राज्य सरकारका विभिन्न प्रकारका करहरूको भूमिका रहन्छ। राज्य सरकारका करहरू पनि अलग–अलग छन्।