काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालानिकट तरुण दल र नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहर।ूको बैठक बसेको छ । काठमाडौँको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज दिउँसो १ बजेदेखि बैठक बस्ने भएको हो ।
Advertisement
पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा एकलौटी अध्यक्ष नियुक्त गरेको भन्दै कोइराला पक्षको छुट्टै भेला आयोजना गरिएको हो । बैठकमा संघर्षलाई कसरी अघि बढाउने भनेर छलफल हुने जनाइएको छ ।
पार्टी सभापति देउवाले ९ चैतमा तरुण दल अध्यक्षमा विद्वान गुरुङ र नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरेका थिए ।