• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

असद शासनका नौ पूर्व पाइलट पक्राउ

स्विट्जरल्यान्डमा बस दुर्घटना

“१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

विभाजनबीच ब्रिक्स शिखर सम्मेलन

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

अमेरिकामा ट्याक्सी चलाएर जीवीका चलाइरहेछन् अफगानिस्तानका पूर्वअर्थमन्त्री


आइतबार, चैत ०६, २०७८ मा प्रकाशित

Advertisement

तालिवानले गत अगस्टमा अफगानिस्तानको राजधानी काबुल कब्जा गर्नुअघि नै यूएईले अफगान राष्ट्रपति असरफ घानीलाई उसको देशमा स्वागत गरिसकेको थियो। घानीले देश छाड्ने बेलामा आफूसँग झण्डै १७ करोड डलर लगेको आरोप छ।

उनै घानीको क्याबिनेटमा अर्थमन्त्री रहेका खलिद पायेन्दा भने अहिले अमेरिको राजधानीमा उबर ट्याक्सी चलाइरहेका छन्। उनै खालिदसँग वासिङ्टन पोस्टले फिल्डमै गएर कुराकानी गरेको थियो।

‘यदि मैले दुई दिनभित्र ५० ट्रिप भ्याएँ भने ९५ डलर बोनस रकम कमाउने रहेछु,’ वासिङ्टन पोस्टका रिपोर्टरसँग पायेन्दाले नयाँ रोजगारीको कमाइबारे बताए। खालिदले एक रात ६ घण्टाभित्र झण्डै १५० डलर कमाएको पनि बताए। कुराकानीका क्रममा अहिलेको कामले परिवार धान्न सकेकोमा कृतज्ञता व्यक्त गरे।

४० वर्षे खालिद होन्डा एकोर्डमा उबर ट्याक्सी चलाइरहेका छन्। तर, सात महिना अघिसम्म अफगानिस्तानको ६ अर्ब डलरको बजेटलाई के र कसरी प्रयोग गर्ने भन्ने निगरानी गर्थे।

तालिवानको सत्ता आगमनपछि अफगानिस्तानले विभिन्न मानवीय तथा आर्थिक संकट सामना गरिरहेको छ। विगतमा अन्तर्राष्ट्रिय सहायताले भरमा चलिरहेको यो मुलुकले पाइरहेको सबैजसो सहायता रकम रोकिएको छ। यस्तै, अन्तर्राष्ट्रिय बैंकमा रहेको मुलुकको सम्पत्ति पनि फ्रिज छ।

वासिङ्टन पोस्टसँगको संवादमा खालिदले विगतमा व्यर्थमा अफगानिस्तानको अर्थमन्त्री भइएछ भन्ने लाग्ने गरेको बताए।

‘मैले धेरै कुरूपता देखें र अन्तिममा हामी हा¥यौँ,’ खालिदले भने, ‘म पनि हारको हिस्सा थिएँ। आजकल आम अफगानीहरूले भोगिरहेको समस्या देख्दा र त्यसका लागि आफू पनि जिम्मेवार भएको महशुस गर्दा निक्कै गा¥हो हुन्छ।’

अफगानिस्तानको वर्तमान स्थिति र त्यसको कारणबारे कुरा गर्दा उनले अफगानी जनतामा सुधारप्रति सामुहिक इच्छा नपाएको बताए। साथमा अमेरिकाले पनि सेप्टेम्बर ११ को आक्रमणका लागि अफगानिस्तानलाई दोष थोपर्नेबाहेक प्रजातन्त्र र मानव अधिकारको प्रतिबद्धतामा धोका दिएको आरोप लगाए।

तालिवानले काबुल कब्जा गर्नुभन्दा एक साता अगाडि नै खालिदले अर्थमन्त्रीको पदबाट राजीनामा दिएका थिए। त्यसपछि राष्ट्रपति घानीबाट पक्राउ गर्ने डरमा उनी देश छाडेर अमेरिका रवाना भए। उनको परिवार पहिलेदेखि अमेरिकामा उनलाई पर्खिरहेको थियो।

आइतबार, चैत ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ
इभीमा आगलागी, चालकको मृत्यु
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
असद शासनका नौ पूर्व पाइलट पक्राउ

भर्खरै

  • १.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • २.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ३.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ४.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

  • ५.
    देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

  • ६.
    असद शासनका नौ पूर्व पाइलट पक्राउ

  • ७.
    स्विट्जरल्यान्डमा बस दुर्घटना

  • ८.
    “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.