काठमाडौं- बारा सिम्रौनगढ नगरपालिका-८ कचोर्वा बस्ने इनरदेव यादवको गोठमा सोमबार दिउँसो आगलागी हुँदा गोठ र विभिन्न सामान जलेर करिब ७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रूपन्देही बुटवल उपमहानगरपालिका-११ नारायणपथ देबिनगरस्थित प्रीजम श्रेष्ठको ओम प्राप्ति एण्ड प्रिसा सप्लायर्स मोटर पार्ट स्टोरमा मंगलबार बिहान आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
सिरहा धनगढी माई नगरपालिका-९ स्थित सोईच्छा बालुवा प्रशोधन क्रसर उद्योगमा सोमबार दिउँसो आगलागी हुँदा विद्युतीय उपकरणहरु आंशिक रूपमा जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी सिरहा मिर्चैया नगरपालिका-८ मझाउ बस्ने धनबिर राय समेत ६ जनाको घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका सरसामान जलेर करिब ५८ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
काभ्रे बनेपा नगरपालिका-६ बुडोल डाँडा बस्ने रोशन श्रेष्ठको सानु फर्निचरमा विद्युत सर्ट भई सोमबार राति आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन
उदयपुर कटारी नगरपालिका-४ सिम्लेस्थित धर्म ईन्जिनियर्स वर्कसप अगाडि मर्मतको लागि पार्किङ गरी राखिएको मधेश प्र. ०३००१ क २०८१ नम्बरको टिपरमा मंगलबार बिहान आगलागी हुँदा टिपरको अगाडिको भाग जलेर पूर्णरूपमा क्षति भएको छ ।