हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्। मुख्यमन्त्री जम्कट्टेललाई अक्सिजन लेभल कम भएपछि काठमाडौं ल्याउन लागिएको मुख्यमन्त्रीको स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताए।
Advertisement
रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटन गर्न जाँदै गर्दा गाडीमै निरन्तर बान्ता गरेपछि उनलाई बाटोबाटै काठमाडौं लगिन लगिएको हो। उनको हाल सिन्धुली अस्पतालमा उपचार हुँदैछ।
उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाउन लागिएको स्वकीय सचिव उपेन्द्र जम्कट्टेलले बताए।