रामेछाप– रामेछापको मन्थली नगरपालिका-६ सेलेघाटमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
Advertisement
सुनकोशी मरिण डाइभर्सन आयोजनाको ठेकेदार कम्पनी पटेल रमण कन्स्ट्रक्सनको बा१८च ६१४७ नम्बरको बाेलेरो जिप सेलेघाटमा रहेको अस्थायी क्याम्पबाट कामदारका लागि खाना लिएर सिन्धुलीको खुर्कोट साइटतर्फ जाँदै थियो।
दुर्घटनामा चालकसहित तीनजना घाइते भएका छन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। घाइतेहरूको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको छ।
जिप सेलेघाट प्रहरी चौकी मुनी सडकबाट करिब एक सय ५० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।