कैलाली- कन्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ। अन्य दुईजना बिरामी भएका छन्।
Advertisement
जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) उमेशराज जोशीले शनिबार दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको जानकारी दिए।
त्यस्तै सोही ठाउँका शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन्। घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको डिएसपी जोशीले बताए ।
मृतक दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जानकारी दिएको छ ।