काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा अर्को पेशी जेठ १ गतेलाई तोकिएको छ। बलात्कार अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका लामिछानेको आजको पुनरावेदन मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो।
पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासको पहिलो नम्बरमै परेको मुद्दा हेर्न नमिल्ने भन्दै पन्छाइएको थियो।
पहिलो सुनवाइमा मुख्य न्यायाधीश निरौलाले नै झगडिया झिकाउने आदेश दिएका थिए। झझी आदेश दिने न्यायाधीशले स्वार्थ बाझिने भन्दै सामान्यतया मुद्दाको सुनुवाइ नगर्ने अभ्यास रहेको कानुनका जानकार बताउँछन्। उच्च अदालत स्रोतका अनुसार कम्प्युटर सिष्टममा नै उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा परेकोले मुद्दा हटाइएको बताइएको छ।
सन्दीपमो मुद्दा तत्काल तत्काल किनारा लाग्ने सम्भावना लगभग सकिएकोले सन्दीपले विश्वकप खेल्ने सम्भावना पनि सकिएको छ। यदी उनले सफाइ पाएको खण्डमा टी-२० विश्वकपमा पठाउने क्यानको तयारी थियो। जसका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिसकेको क्यानले सन्दीपलाई पनि टोलीमा समावेस गर्न रिजर्भ टोलीको घोषणा नगरि बसेको थियो।