• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’


    Avatar photo
शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित

लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूले बौद्ध शिक्षाबाट संसारमा देखिएका समस्याको समाधान खोज्न सकिने बताएका छन् । विश्वमा देखिएका प्राकृतिक असन्तुलन, बैमनस्यता र आपसीबेमेल अन्त्यका लागि बौद्ध शिक्षालाई जीवनोपयोगी बनाउनेगरी प्रवर्द्धन गर्नुपर्नेमा समेत उहाँहरूको जोड छ ।

Advertisement

लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायको आयोजनामा शनिबारदेखि लुम्बिनीमा सुरूभएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीमा बोल्ने विभिन्न देशका भिक्षु तथा विज्ञहरूले बौद्ध शिक्षाबाटै अहिलेका विश्वव्यापी समस्याहरूको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

दुईदिने गोष्ठीको उद्घाटन गर्दै ताइवानका भिक्षु मास्टर हुइ गाङग्ले विश्वमा बुद्धको शिक्षालाई आत्मसात् गर्नसके जस्तोसुकै कठिनाइ पार गर्न सकिने धारणा राख्नुभयो । थाइल्याण्डका प्राडा भिक्षु सुगन्ध (अनिल शाक्य)ले व्यक्तिको जीवनलाई सकारात्मक दिशातर्फ लैजान बुद्धको शिक्षा अनिवार्य रहेको बताउनुभयो । उहाँले विश्वमा मैत्री, करुणा र शान्ति कायम गर्न बुद्धको शिक्षा महत्वपूर्ण हुने बताउँदै यस्ता गोष्ठीले त्यसमा सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेलले बौद्ध शिक्षालाई व्यवहारिक रूपमा उपयोग हुनेगरी कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो । विश्वमा रहेका झण्डै एक अर्ब बौद्ध अनुयायीलाई जोड्दै बौद्ध शिक्षाको प्रवर्द्धन गर्दा शान्ति र बन्धुत्वको विकास बढ्दैजाने समेत बताउनुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले बौद्ध शिक्षाको प्रचार प्रसारमा अन्तरदृष्टि र दृष्टिकोण साझा गर्न, शैक्षिक र सांस्कृतिक मूल्य मान्यता आदानप्रदानगर्न र बौद्ध मूल्यहरूको विश्वव्यापी प्रवर्द्धनमा योगदान पुर्याउन गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । बौद्धिक विकासमात्र नभई व्यक्तिमा आवश्यक जीवनोपयोगी सीपको विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बताउनुभयो ।

बौद्ध अध्ययन सङ्कायका डीन डा माणिकरत्न शाक्यले विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्न बौद्ध शिक्षालाई व्यवहारिक जीवनमा प्रयोग गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा मास्टर इनसुनको प्रतिनिधिका रूपमा चाइनिज भन्ते दावजिन, जापानका कोहजी ओहकुरा, म्यानमारका भिक्षु शोभित, मङ्गोलियका सेन नेगुई, नेपालका खाङसोर रिम्पोछेलगायतले शुभकामना दिँदै बौद्ध शिक्षा जीवनका लागि नभई नहुने व्यवहारिक ज्ञान भएकाले यसको पालना गर्न सबैलाई आग्रह गर्नुभयो ।

गोष्ठीको पहिलो दिन कार्यपत्र प्रस्तुत गर्दै स्टोनियाका डा शोभित शाक्य, बङ्गलादेशका प्राडा बिजोय बरुवा, म्यानमारका भिक्षु विनय नन्दले बौद्ध शिक्षा र सुशासनलाइ कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा चर्चा गर्नुभयो । श्रीलंकाका डा सचिनी हन्सिका, संसारकै सुखी व्यक्ति फ्रान्सका म्याथु रिकार्डले सुख, शान्ति र अहिंसाका लागि बुद्धको शिक्षा र उपदेशलाई जीवनमा कार्यान्वयन गर्नु जरुरी रहेकामा जोड दिनुभयो ।

भारतका प्रा डा उदय कुमार, म्यानमारका प्रा डा सटट सान्दार, ताइवानका प्रा डा कृष्टि चाङ, म्यानमारका भिक्षु बुद्धघोष, पोर्चुगलका डा सोनिया गोम्सलगायतले बुद्ध शिक्षाले नैतिकरूपमा उत्तरदायी बनाउने भएकाले यसलाई अँगाल्न आवश्यक रहेको बताउनुभयो ।

गोष्ठीमा साहित्यकार सोनु गुरुङ, मोहनसिंह गुरुङ, भिक्षु क्याल्सनलगायतले कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियो । गोष्ठीमा नेपालसहित थाइल्याण्ड, फ्रान्स, स्टोनिया, म्यानमार, जापान, बङ्गलादेश, भारत, ताइवान, श्रीलङ्का, पोर्चुगल, नर्वेलगायतका विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरूको सहभागिता छ ।

गोष्ठीमा आइतबार बौद्ध दर्शन र योगका विषयमा छलफल हुने छ । जसमा आचार्य बालकृष्ण, डा चिन्तामणि योगी, भानु शर्मा, प्रा डा विशाल सिटौला, प्रा डा क्षितिज बराकोटी र डा विकासानन्दले बौद्ध दर्शन र योगका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुने र कार्यपत्रमाथि छलफल गर्ने कार्यक्रम छ ।

शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.