सुर्खेत– मालपोत कार्यालय सुर्खेतको स्टोर कोठामा आगलागी भएको छ। शनिबार दिउँसो कार्यालयको स्टोर कोठामा आगलागी भएको प्रहरीले जनाएको छ।
Advertisement

आगलागीबाट स्टोरमा थुपारिएका पुराना सामानहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ। आगलागीबाट मोटसाइकल, जेनेरेटर, दराज, कुर्सी-टेवुल, कम्प्युटरका सीपीयू लगायत सामान जलेर नष्ट भएका छन्।

आगो नियन्त्रणमा आइसकेको र समयमै नियन्त्रणमा आएकोले अन्यत्र फैलिन नपाएको मालपोत जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
