काठमाडौं– पाँच खेलको टी-२० सिरिजको अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। वेस्ट इन्डिज ‘ए’ले ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङको निम्तो पाएको हो।
Advertisement
कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा टस जितेर वेस्ट इन्डिज ‘ए’का कप्तानले नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
५ खेलमा पहिलो खेलमा नेपालसँग हारेको वेस्ट इन्डिज ‘ए’ले त्यसपछिका लगातार तीन खेल जित्दै सिरिज आफ्नो पोल्टामा पारिसकेको छ।
आजको नेपाली टीममा रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, अविनाश बोहरा, प्रतिश जिसी र सागर ढकाल छन्।