काठमाडौं- रौतहट, चन्द्रपुर नगरपालिका–१ माथिल्लो क्यान्टिन बजार बस्ने ३० वर्षीयको कृष्ण बाबु लामा छिमेकीको घरको छतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तु, शिवराज नगरपालिका–४ चनई घर भई सोही नगरपालिका–४ डकैयास्थित घरमा काम गरी बस्ने ६५ वर्षीय तुल्सिराम यादव सोही घर नजिक रहेको परालको चाङमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
बझाङ, केदारस्युँ गाउँपालिका–८ बस्ने ३१ वर्षीय मदन धामी सोही ठाउँस्थित चडेपानी भिरमुनि शुक्रबार मृत अवस्थामा फेला परेका छन् । बिहीबार घरबाट निस्केकोमा घर नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
गुल्मी, मालिका गाउँपालिका–१ रातामाटा बस्ने ४७ वर्षीय लाल बहादुर विक घर नजिक रहेको शौचालय नजिक शुक्रबार मृत अवस्थामा फैला परेका छन् । बिहीबार स्वास्थ्य चौकी जान्छु भनी हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।