कैलाली- धनगढी उपमहानगरपालिका–२ बालुवाघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्रामसहित सोही उपमहानगरपालिका–८ धनगढी गाँउ बस्ने १६ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।