• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

गर्मी कारण हलेसी तुवाचुङका विद्यालयमा बिहानी कक्षा


    Avatar photo
शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
काठमाडौं- अत्यधिक गर्मी बढेपछि हलेसी तुवाचुङ नगरपालिकाका नौ वटा सामुदायिक विद्यालयमा बिहानी कक्षा सञ्चालन गरिनेभएको छ । दिउँसोको गर्मीका कारण विद्यार्थीलाई समस्या भएपछि नगर कार्यपालिकाको बैठकले कोशी किनारमा सञ्चालित नौवटा सामुदायिक विद्यालयमा बिहान ६ बजेदेखि ११ बजेसम्म पठनपाठन गर्ने÷गराउने निर्णय गरेको हो ।
दूधकोशी र सुनकोशी किनारमा पर्ने वडा नं. १, २, ४, ५, ८, ९ र १० को एक÷एकवटा तथा वडा नं ११ का दुईवटा विद्यालयको पठनपाठन समय परिवर्तन गरिएको नगरप्रमुख विमला राईले जानकारी दिएकी छन् ।
‘नौवटा विद्यालय कोशी किनारमा पर्छ । लामो समयको खडेरीका कारण गर्मी बढेसँगै ती विद्यालयहरुमा पठनपाठन प्रभावित भएको थियो,’ उनले भनिन, ‘गर्मीका कारण पठनपाठनमा समस्या भएको खण्डमा अन्य विद्यालयको समय पनि क्रमशः परिवर्तन गरिनेछ । गर्मी प्रभावित क्षेत्रका अन्य विद्यालयको समय परिवर्तन गर्ने अधिकार सम्बन्धित विद्यालयको विद्यालय व्यवस्थापन समितिलाई दिने बिहीबार बसेको नगर कार्यपालिका बैठकबाटै निर्णय गरेका छौँ ।’
नगर कार्यपालिकाको आकस्मिक बैठकले गरेको निर्णयअनुसार कोशी किनारका नौँवटा सामुदायिक विद्यालयमा आइतबारदेखि बिहानको समयमा कक्षा सञ्चालन गर्ने तयारी गरिएको विद्यालय प्रशासनले जनाएको छ ।
एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा ९० वटा समुदायिक र चारवटा संस्थागत विद्यालय सञ्चालनमा छन् । सामुदायिक र संस्थागत गरी ९४ वटा विद्यालय सञ्चालनमा रहेको हलेसी तुवाचुङ नगरपालिकामा छ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।
नगरपालिका क्षेत्रभित्र पर्ने कोशी किनारको तापक्रम दिउँसोको समयमा ४० डिग्री सेल्सियसभन्दा बढी हुने गरेको नगरपालिकाले जनाएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा लामो समयको खडेरीका कारण अधिकांश क्षेत्रमा अहिलेसम्म खेतीपातीसमेत लगाइएको छैन ।
लेकाली क्षेत्रमा पर्ने अर्खौले, नवलपुर, राजापानीको माथिल्लो भागमा लगाइएको मकै, आलु लगायतका बालीसमेत खडेरीले सुकेको पाइएको छ ।
लामो समयको खडेरीका कारण खेतीपाती गर्न नपाउँदा हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश ठाउँमा बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन् । अकाशे पानीको भरमा खेतीपाती गर्दै आएका स्थानीय बासिन्दाहरु यस वर्ष समयमा पानी नपर्दा अर्को वर्ष भोकमरी हुनेमा चिन्तित बनेका हुन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने सुक्खाग्रस्त क्षेत्र हलेसीमा तीन वर्षअघि पनि खडेरीले समस्या भएको थियो । तत्कालीन समयमा नगर प्रमुख इवन राईको नेतृत्वमा सञ्चालित नगरपालिकाले नगरवासीलाई राहतसमेत उपलब्ध गराएको थियो ।
सुक्खाग्रस्त क्षेत्र भएका कारण हिउँदको समयमा खेतीपातीको काम नहुँदा हलेसी नगरपालिकाका अधिकांश युवा ज्यालामजदुरी गर्न अन्यत्र जाने गरेका छन् । वर्षायाम शुरु भएपछि गाउँ फर्किएर खेतीपाती गर्दै आएका उनीहरु यस वर्ष अहिलेसम्म वर्षा नहुँदा आफ्नो गाउँ फर्किएका छैनन् ।

Advertisement

शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.