काठमाडौं– वेस्ट इन्डिज ‘ए’ विरुद्धको टी-२० सिरिजको चौथो खेलमा नेपालले टोलीमा ८ परिवर्तन गरेको छ।
Advertisement
कप्तान रोहित पौडेल टोलीसँगै कप्तानीमा फर्केका छन्। हिजोको खेलमा नेपाली टिममा परेका ८ खेलाडी परिवर्तन भएका छन्। कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुलशन झा बाहेक सबै खेलाडी परिवर्तन भएका छन्।
रोहितसहित कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, प्रतिश जिसी, ललित राजवंशी, अविनाश बोहरा प्लेयिङ ११ मा फर्किएका छन्। त्यस्तै अनिल साह, करण केसी, कमलसिंह ऐरी र सागर ढकाल वैकल्पिकमा परेका छन्।
वेस्ट इन्डिजले भने हिजोको टिममा कुनै परिवर्तन गरेको छैन।