काठमाडौं– काठमाडौंमा जारी टी-२० सिरिजको चौथो खेलमा पाहुना टोली वेस्ट इन्डिज ए ले टस जितेर पहिले ब्याटिङ रोजेको छ।
Advertisement
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।
५ खेलको सिरिज आफ्नो पक्षमा पार्न नेपाललाई बाँकी दुवै खेल जित्नैपर्ने दवाब छ। ५ खेलको शृङ्खलामा वेस्ट इन्डिजले २-१ ले अग्रता बनाएको छ।
अन्तिम खेल आगामी शनिबार हुनेछ।