चितवन- जिल्लाको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
रत्ननगर नगरपालिका-३ का सुमित महतो र जीवन चौधरीको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीका अनुसार ना२२प ३४४४ नम्बरको मोटरसाइकल रत्ननगर नगरपालिका-४ का सुमन गदालको घरमा ठोक्किएको थियो। उनीहरूको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ।
यस्तै, सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा भएका सडक दुर्घटनामा एक महिलाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन्।
गएराति मलंगवा नगरपालिका-१ भेडियाहीमा मोटरसाइकलको ठक्करबाट ठक्करबाट सोही स्थानकी ६५ वर्षीया मलकिनया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।
दुर्घटनालगत्तै उपचारको लागि प्रादेशिक अस्पताल मलङ्गवा पु¥याएकामा उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीले ठक्कर दिने मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ।
जिल्लाको रामनगर गाउँपालिका-५ बिर्ता टोलस्थित हुलाकी सडकमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्। मलंगवाबाट बलरातर्फ जाँदै गरेको ज१झ ४११ नम्बरको एम्बुलेन्सले भारतीय दर्ता नम्बरको बीआर३०एफ ५४६१ मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका एम्बुलेन्स, मोटरसाइकल र एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा छन्।